ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा  वेस्ट ह्यामसँग एभर्टन पराजित 

३ बर्ष अघि

२0७७ पुष १८ शनिबार

ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा  वेस्ट ह्यामसँग एभर्टन पराजित 

काठमाडौं पुष १८ । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेड एभर्टनसँग पराजित भएको छ । शुक्रबार वेस्ट ह्यामले घरेलु टोली एभर्टनविरुद्ध १–० को जित निकालेको हो । खेल सकिन ४ मिनेटअघि टोमस सुसेकले वेस्ट ह्यामका लागि विजयी गोल गरेका थिए । प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्वक्लबविरुद्ध जित निकालेका हुन् । मोयसले ११ वर्ष एभर्टनको प्रशिक्षकको रुपमा बिताएका थिए । उनले सन् २०१३ मा क्लब छाडेका थिए । एभर्टनले पछिल्ला ४ खेलमा लगातार जित निकालेको थियो । पराजित बनेसंगै एभर्टनले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । वेस्ट ह्याम २६ अंकसहित तालिकाको दशौँ स्थानमा छ ।