विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले जिते कोरोना संक्रमण

३ बर्ष अघि

२0७७ पुष १८ शनिबार

विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले जिते कोरोना संक्रमण

काठमाडौँ पुष १८ । विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार  विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ । कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार २१ हजार नाघेको छ । अहिलेसम्म १८ लाख ६४ हजार ३ सय ५४ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ । २७ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड २८ लाख ९६ हजार ९२२ छ । यसमध्ये १ लाख ६ हजार ५ सय ५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ५६ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ । प्राप्त विवरणअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरसको उद्भव भनिएको चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका, भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि फेरि कडिकडाउ गरिएका छन् ।