मार्मा गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १७ शुक्रबार

मार्मा गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पृथ्वीराज सुनाम पुष १७ दार्चुला । दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि हो । पुष १० गते गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भए पछि २३ जनाको स्वाँव संकलन गरि परिक्षणको लागी डडेल्धुरा अस्पताल पठाएकोमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाका जन स्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो । मार्मा गाउँपालिका वडा नम्बर ३ का ३५ र ३० बर्षिय २ जना पुरुष र वडा नम्बर ४ का २८ बर्षिया महिला र ८ बर्षिया एक बालिका गरि जम्मा ४ जनामा कोरोना पुष्टि रहेको जन स्वास्थ्य अधिकृत नेपालीले जानकारी दिनुभयो । आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भए संगै दार्चुला जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय २० पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका २ सय २० जना मध्ये २ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन, भने हाल मार्मा गाउँपालिकाका मात्रै ९ जना संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।