दार्चुला : मालिकार्जुनका जेष्ठ नागरीको स्वास्थ्य परीक्षण  

३ बर्ष अघि

२0७७ पुष १७ शुक्रबार

दार्चुला : मालिकार्जुनका जेष्ठ नागरीको स्वास्थ्य परीक्षण  

पृथ्वीराज सुनाम पुष १७ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाँकोटका जेष्ठ नागरीकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । डाँडाकोट का विभिन्न बस्तीहरुको घरदैलोमा पुगी जेष्ठ नागरिक हरुको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको हो ।  गत आर्थिक वर्ष देखि नै निरन्तर रूपमा चलिराखेको छ र यसै गरी सबै ओडाका बस्तीहरु र सम्भव घरदैलोमा पुगी जेष्ठ नागरिक हरु लाई सेवा दिइने छ भन्ने फोकल प्रसन अहेव तिलक सिंह धामीको भनाई छ । मालिकार्जुन गाउँपालिका ५ का सरिता देबि ओझा ८५ वर्ष पुगे चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ। घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन्। स्वास्थ्यकर्मी घरमै आएर उनलाई औषधि दिएर फर्किए उनले भने, ‘घरमै आएर यसरी चेकजाँच कहिले भएको थिएन। जे होस् अहिले सरकारले हामीलाई पनि हेरेछ। हामी जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मी खटाएछ। यो निकै खुसीको कुरा हो।’बेलाबेला उनले पनि औषधिका लागि घरपरिवारका सदस्यसँग भन्नुपर्ने हुन्छ। तर यो वर्ष स्वास्थ्यकर्मी घरमै आएर चेकजाँच र औषधि दिएपछि खुसी भएकी छिन्। उनले भनिन्, ‘हामी बुढेसकालका मानिसका लागि पनि सरकारले सोचे जस्तो लाग्यो। युवा उमेरमा हामीले पनि समाजका लागि केही गरेका छौं। अहिले शरीरले साथ नदिँदा सरकारले स्वास्थ्यकर्मी घरमै पठाएर सेवा दिँदा खुसी भएका छौं बुढेसकालमा रोगले च्याप्यो, स्वास्थ्यकर्मी घरमै आएर औषधि दिएको यो पहिलो पटक हो। यसले म जस्ता बुढाबुढीहरुलाई सजिलो भएको छ’, उनले भन्नु भयो । वडा नं ५ को मात्र नभई पुरै पालिका भरिका वडाहरुमा कार्यकम सञ्चालन हुँदै आएको छ  ’मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ मार्फत सेवा पाउँदा खुसी भएका यी केही प्रतिनिधिपात्र मात्रै हुन्। अहिले जिल्लाको मालिकार्जुन गाउँपालिका वाड नम्बर ५ डाडाकोटले वडाका प्रत्येक दुर्गम बस्तीहरुमा स्वास्थ्यकर्मी खटाएर जेष्ठ नागरिकको उपचार तथा उनीहरुलाई औषधि वितरण गर्ने गरेको मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्शन तिलक सिह धामीले जानकारी दिनु भएको छ । उनले भने, ‘हामीले वडाका सबै बस्तीहरुमा स्वास्थ्यकर्मीहरु गएर जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौं। यसले जेष्ठ नागरिकप्रतिको समाजको दृष्टिकोणमा पनि परिवर्तन आउँछ।’प्रत्येक वडाका घर–घरमा गएर चेकजाँच गरिरहेको मालिकार्जुन गाउँपालिका वाड नम्बर ५ का हेल्थअसिटेन्ट तथा कार्यक्रम सञ्चालक तिलक सिह धामीले जानकारी दिनु भएको छ ।जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ ।  स्वास्थ्यकर्मीहरुले हिजो र आज वडा नम्बर ५ का ४१ जनालाई सेवा दिइएको कार्यक्रम संयोजक धामीले जानकारी दिनु भएको छ ।