नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १७ शुक्रबार

नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ पुष १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१  हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४८ हेको छ । थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८  कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ।