अमेरिकामा २ करोड ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १७ शुक्रबार

अमेरिकामा २ करोड ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौँ पुष १७ । अमेरिकामा २ करोड ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २८ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४ लाख ४५ हजार ६ सय ५४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २१ लाख २५ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७९ लाख ६५ हजार ६ सय ३३ जनामध्ये २९ हजार २ सय १४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४ सय ३८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५४ हजार २ सय १५ पुगेको छ ।