सुनको मूल्य ४ सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष १७ शुक्रबार

सुनको मूल्य ४ सय रुपैँयाले बढ्यो

काठमाडौं १७ पुष । शुक्रबार सुनको मूल्य ४ सय रुपैँयाले बढेको छ । आज प्रतितोलामा ४ सय रुपैँयाले बढेर सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९४ हजार १ सय रुपैँया थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतिोलाको १ हजार ३ सय रुपैँया कायम रहेको महासंघले जनाएको छ ।