नेपालमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १६ बिहीबार

नेपालमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ पुष १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।