सीमा नाकामा भारत जान पास अनिवार्य

३ बर्ष अघि

२0७७ पुष १६ बिहीबार

सीमा नाकामा भारत जान पास अनिवार्य

पृथ्वीराज सुनाम पुष १६ दार्चुला । सीमा नाकामा भारत जान पास अनिवार्य भएको छ । गत शनिबार खोलिएका सदरमुकाम खलंगा पुलघाँटमा निर्वाध आवात्–जावत् गरेपनि बुधबारदेखि भने भारतीय पक्षले भारत प्रबेशका लागि पास अनिवार्य गरेको हो । ‘भारतीय पक्षले बुधबारदेखि भारत जानका लागि अनिवार्य पास गरेकाले भारत जान चाहानेहरुले जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर गएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताउनु भयो । भारतीय पक्षले सीमा नाकामा कडाई गरेसंगै आबश्यकीय काम बाहेककाहरु पनि आवत् जावत् गर्नेहरुको भीड कम भएको छ । भारतीय पक्षले नाकामा प्रबेशका लागि पास अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने र आबश्यकीय काम समेत उल्लेख गर्नुपर्ने झन्झटले भारत जानेहरुको भीड कम भएको हो । अत्यावश्यकीय कामका लागि जानेहरुलाई मात्रै पास दिइएको सहायक प्रमुख जिल्ला अधिकारीको भनाई छ । पछिल्लो समय विदेशमा नयाँ खालको कोरोना संक्रमण देखिएकाले थप कडाई गरिने जिल्ला प्रशासन दार्चुलाले जनाएको छ । गृह मन्त्रालयको पत्राचार अनुसार सीमा नाकामा अनावश्यक आवत् जावत् रोक्ने प्रयासमा प्रशासन रहने छ । जिल्ला प्रशासन कार्यालयले भारत जानका लागि स्वास्थ्य परीक्षण गराएको प्रमाण पत्रको व्यवस्थापन गरिने छ । हेनुहोस् सूचना सहित