सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँ घट्यो

३ बर्ष अघि

२0७७ पुष १६ बिहीबार

सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँ घट्यो

काठमाडौँ पुष १६ । सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको थियो । बिहीबार भने सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।  यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।