सुदूपश्चिममा पुस १५ मनाईदै

३ बर्ष अघि

२0७७ पुष १५ बुधबार

सुदूपश्चिममा पुस १५ मनाईदै

पृथ्वीराज सुुनाम पुष १५ दार्चुला। सुदूरपश्चिममा आज पुस १५ पर्व मनाइँदैछ। एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने पुसे १५ पर्व आज सुदूरपश्चिममा हर्षोल्लासपूर्वक मनाइँदै छ । डोटेली संस्कृतिमा पुसे १५ को रुपमा चर्चित यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात दन्त्य कथा भन्ने र देउडा खेल्ने चलन रहेको छ। पुस १५ गते मनाइने भएकोले यो पर्व स्थानीय भाषामा ‘पन्नरी रात’ को रुपमा चर्चित रहेको छ ।  पुुुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ । १५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ।