सुनको मूल्य एक सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष १५ बुधबार

सुनको मूल्य एक सय रुपैँयाले बढ्यो

काठमाडौँ पुष १४ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम भएकोमा आज बुधबार ९४ हजार २०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ ।  यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आज प्रतितोला १ हजार ३ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।