नेपालमा थप ५ सय ११ जनामा कोरोना संक्रमित पुष्टि, ७ जनाको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १५ बुधबार

नेपालमा थप ५ सय ११ जनामा कोरोना संक्रमित पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ पुष १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।