छांगरुका सशस्त्र प्रहरी, स्थानीय र सुरक्षाकर्मीको स्वास्थ्य चेकजाँच 

३ बर्ष अघि

२0७७ पुष १५ बुधबार

छांगरुका सशस्त्र प्रहरी, स्थानीय र सुरक्षाकर्मीको स्वास्थ्य चेकजाँच 

पृथ्वीराज सुनाम पुष १५ दार्चुला । दार्चुलाको  छाङरुमा सशस्त्र प्रहरी छांगरुका स्थानीय र सुरक्षाकर्मीको स्वास्थ्य चेकजाँच गरिएको छ । पहिलो पटक व्यासको छांगरुमा बसेका सशस्त्र प्रहरीको स्वास्थ्य चेकजाँच गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा कार्यरत सशस्त्र प्रहरीको स्वास्थ्य चेकजाँच गरिएको सशस्त्र प्रहरी बल दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिनुभयो । चिसो मौसममा पहिलो पटक बसेका सशस्त्र प्रहरीका ४० जनाको स्वास्थ्य चेकजाँच गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक एवं डाक्टर रेनिस भट्टराई नेतृत्वको टोलीले चेकजाँच तथा औषधी वितरण गरेका हुन् । यस्तै सोहि टोली व्यासको छांगरुमा कार्यरत ८ जना नेपाल प्रहरी र ७ जना सर्वसाधारणको चेकजाँच गरिएको सशस्त्र प्रहरी बल दार्चुलाका गणपति नरेन्द्र वमले बताउनुभयो  यस्तै व्यास २ दुम्लीङमा रहेका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा कार्यरत १५ जना सशस्त्र प्रहरी र २० जना सर्वसाधारणको चेकजाँच गरिएको छ । दार्चुलाको व्यास १ छांगरुमा पहिलो पटक बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिती भएको हो । यसअघि ६ महिना मात्रै नेपाल प्रहरीको उपस्थिती हुने गरेको थियो । सरकारले लिपुलेक, लिम्पियाधुरा कालापानी, सहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीको बीओपी गत वैशाखदेखि राखेको थियो । सोही बिओपीलाई स्तरोन्नती गरेर गुल्म स्थापना गरेको थियो । सशस्त्र प्रहरी बाह्रैमास छांगरुमा राखेपछि स्थानीयलाइ समेत सहज भएको छ ।