नेपालमा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १४ मंगलवार

नेपालमा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ पुष १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।