दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १४ मंगलवार

दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

दाङ पुष १४ । जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  दाङको लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको प्रहरी कार्यालय दाङले जनाएको छ । जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।