सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

३ बर्ष अघि

२0७७ पुष १४ मंगलवार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

कैलाली पुष १४ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४  फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए। केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ । दाहाल नेपाल खेमाले पार्टीभित्रको सन्तुलन मिलाउन उनलाई बर्खास्त गरेको हो । मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ नपुगेको बताउनुभएको छ ।