भारतमा थप १६ हजार जनामा कारोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ पुष १४ मंगलवार

भारतमा थप १६ हजार जनामा कारोना संक्रमण पुष्टि 

काठमाडौँ पुष १४ । भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७ सय ९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ६ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार १ सय ९० पुगेको छ ।