कक्षा १२ को छुट परीक्षा मिती सार्वजनिक

३ बर्ष अघि

२0७७ पुष १३ सोमबार

कक्षा १२ को छुट परीक्षा मिती सार्वजनिक

काठमाडौं पुष १३ । कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीहरुका लागि परीक्षा मिती तालिका सार्वजनिक भएको छ।  राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।