प्रधानमन्त्रीको निष्कर्षः उपभोक्तावादी चिन्तनले ब्यापार घाटा बढ्यो

६ बर्ष अघि

२0७५ श्रावण १९ शनिबार

प्रधानमन्त्रीको निष्कर्षः उपभोक्तावादी चिन्तनले ब्यापार घाटा बढ्यो

 

दृष्टीकाेण समाचार,साउन १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताएका छन्। साथै नेपाल भारत व्यापारमा भएको समस्या तकाल समाधान गरिने बताएका छन् ।

शनिबार मोरङका उद्योगी व्यवसायीहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताए । विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन् । उनले भने, तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।उनले नेपाल र भारतबीच व्यापारमा देखिएका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली भारत पठाउने लागिएको जानकारी दिए ।

नेपालमा हुने विमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसबारे कुरा गर्ने उनले बताए। विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि व्यापार समस्या समधानका लागि हामी कुरा गर्छौं उनले भने ।प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाललाई आयातकर्ताबाट निर्यातकर्ता, गरिबबाट सम्पन्न, पछौटेपनबाट आधुनिक, बेरोजगारबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्छ । उनले भने,यसका लागि उद्यमी व्यवसायीले योजना ल्याए सरकारको साथ सहयोग हुन्छ ।

उद्योगको स्थापना र सञ्चालनका लागि जेजति सहुलियत दिन सकिन्छ, त्यसमा सरकारले कञ्जुस्याईं नगर्ने प्रधानमन्त्री ओलीको आश्वासन छ । व्यावसायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस बिषयमा आफूले थप जानकारी लिने तर, दोहोरो करको व्यवस्था चाँही हटाइने बताएका छन् ।