नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमित पुष्टि

३ बर्ष अघि

२0७७ पुष १३ सोमबार

नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौँ १३ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।