नयाँ प्रकारको भाइरसबाट देखिएका लक्षण यस्ता

३ बर्ष अघि

२0७७ पुष १३ सोमबार

नयाँ प्रकारको भाइरसबाट देखिएका लक्षण यस्ता

विराटनगर पुष १३ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार छिटो गतिमा फैलिरहेको छ । भाइरसमा आएको उत्परिवर्तनका कारण नै भाइरस छिटो गतिमा फैलिरहेको बताइएको छ । नयाँ भाइरस सङ्क्रामक देखिए पनि अधिक घातक भएको कुनै प्रमाण देखिएको छैन । तर, यो विषयमा अनुसन्धान जारी छ । नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिस प्रभावित हुने हुँदा अस्पतालमा भर्ना भएर उपचार चाहिने बिरामीको सङ्ख्या पनि तीव्र गतिमा बढ्ने देखिन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस द्वारा हाइलाइट गरिएको कोरोना भाइरसको सबैभन्दा सामान्य लक्षणबाहेक, अन्य सात लक्षण परिवर्तन भएको भाइरससँग सम्बन्धित देखिएको छ । कोभिड १९ को तीन सबैभन्दा सामान्य लक्षण ९ज्वरो, सुख्खा खोकी तथा गन्ध र स्वाद हराउनु बाहेक देखिँदै आएका सात अन्य लक्षण पनि कोरोना भाइरसको नयाँ प्रकारसँग सम्बन्धित छ । थकान हुने, भोक हराउने, टाउको दुखाइ, झाडापखाला, मानसिक भ्रम, मांसपेशी दुख्ने तथा छालामा आउने र्‍यास ९रातो दाग० कोरोना भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित हुँदा हालसम्म देखिएका लक्षण हुन् । किङ्स कलेजका अनुसन्धानकर्ताका अनुसार, कोभिड १९ हुन सक्ने कुनै पनि लक्षण देखिएमा वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएमा तुरुन्तै सेल्फ आइसोलेसनमा बस्नुपर्ने तथा चाँडोभन्दा चाँडो पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । यसबाहेक, सङ्क्रमणको जोखिमबाट बच्नका लागि सरसफाइ र पहिलादेखि अपनाइरहेको सावधानीका उपायलाई अपनाइरहनु पर्छ ।