अमेरिकामा १ हजार २ सय १५ जना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १३ सोमबार

अमेरिकामा १ हजार २ सय १५ जना संक्रमितको मृत्यु

काठमाडौँ पुष १३ ।  अमेरिकामा एकैदिन १ हजार २ सय १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४१ हजार १ सय ३८ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८ सय ४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७७ लाख ३६ हजार ८ सय ३४ जनामध्ये २८ हजार ६ सय ७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।