सुनको मूल्य बढ्यो,प्रतितोलाको कति पुग्यो ? 

३ बर्ष अघि

२0७७ पुष १३ सोमबार

सुनको मूल्य बढ्यो,प्रतितोलाको कति पुग्यो ? 

काठमाडौँ पुष १३ ।  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज प्रतितोलामा ७ सय रुपैँयाले बढेर प्रतितोलाको ९४ हजार ९०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।  शुक्रबार र आइतबार सुनको मूल्य स्थिर रहेको थियो । यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार प्रतितोला चाँदी एक हजार २ सय ८० मा कारोवार भएको चाँदी आज एक हजार ३ सय १५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।