विश्वभर २ करोड २० लाख सक्रिय संक्रमित

३ बर्ष अघि

२0७७ पुष १२ आईतवार

विश्वभर २ करोड २० लाख सक्रिय संक्रमित

काठमाडौँ पुष १२ । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजार २ सय ८८ पुगेको हो । यसमध्ये १ लाख ५ हजार ६ सय १७ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख ५ हजार नाघेको छ । संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २१ हजार ६ सय ३७ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाख ९४ हजार १ सय २५ पुगेको हो । यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७ लाख ६४ हजार ३ सय २९ पुगेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २ सय १८ मुलुकमा फैलिरहँदा खोप निर्माणले प्रयोगले पनि तीव्रता पाएका छन् । तर, कोरोना भाइरसको नयाँ प्रजातिसमेत फेला परेपछि विश्वभर चिन्ता सुरू भएका छन् । बीबीसीका अनुसार बेलायत र फ्रान्समा देखिएको कोरोना भाइरसको नयाँ प्रजाती हाल युरोपका स्पेन, स्वीडेन र स्विजरल्याण्डमा देखिएको छ ।