एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा

३ बर्ष अघि

२0७७ पुष १२ आईतवार

एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा

एजेन्सी( सेफिल्ड युनाईटेडलाई हराउँदै एभर्टन प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ । शनिबार राति सेफिल्डको घरेलु मैदानमा एभर्टनले १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनको गोल  एभर्टनको जितमा निर्णायक बन्यो । जितसँगै दोस्रो स्थानमा उक्लिएको एभर्टनले २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ । समाचारखबरहब बाट