अमेरिकामा एकैदिन १ हजार ४ सय ८ जना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १२ आईतवार

अमेरिकामा एकैदिन १ हजार ४ सय ८ जना संक्रमितको मृत्यु

काठमाडौँ पुष १२ । अमेरिकामा एकैदिन १ हजार ४ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ९ सय २१ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ६ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार ९२७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६ सय ५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९४ लाख ३३ हजार ८ सय ४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख १० हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७६ लाख ८३ हजार ४ सय २५ जनामध्ये २८ हजार ५ सय ७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।