३ दिन आंशिक बदली, बाक्लो हुस्सु लाग्ने मौसमविद्हरु पूर्वानुमान 

३ बर्ष अघि

२0७७ पुष ११ शनिबार

३ दिन आंशिक बदली, बाक्लो हुस्सु लाग्ने मौसमविद्हरु पूर्वानुमान 

काठमाडौं पुष । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् ।आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान रहेको छ ।शनिबार पनि तराईमा बाक्लो हुस्सु र अत्यधिक चिसो भएको छ । जसका कारण वायुको पारदर्शितामा कमी भएकोले सडक यातायात र हवाई सेवासमेत प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तो बेलामा यात्रा तय गर्दा सतर्कता अपनाउन समेत महाशाखाले सचेत गराएको छ ।