प्रधानमन्त्री कप महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु

३ बर्ष अघि

२0७७ पुष ११ शनिबार

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु

दाङ पुस ११। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।दाङको देउखुरी क्रिकेट मैदानमा पहिलो दिन आज दुई खेल हुँदैछन् । उद्घाटन खेलमा बिहान साढे ९ बजे लुम्बिनी र प्रदेश २ खेल्दैछन् भने दिउँसो साढे १ बजे हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र कर्णाली प्रदेश खेल्नेछन् । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।