त्रिभुवन विश्वविद्यालयले यस वर्ष हिउँदे विदा नदिने

३ बर्ष अघि

२0७७ पुष ११ शनिबार

त्रिभुवन विश्वविद्यालयले यस वर्ष हिउँदे विदा नदिने

काठमाडौं ११ पुष । त्रिभुवन विश्वविद्यालयले यस वर्ष हिउँदे विदा नदिने भएको छ । कारोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रिार डा. पेशल दाहालले कारोना महामारीका कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जनाएका छन् । कारोना महामारीको कारण गत २०७६ चैत ६ गतेदेखि कुनै परिक्षा र पढाई संचालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतमा भौतिकरुपमा उपस्थित भएर कक्षा संचालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ ।  त्रिभुवन विश्वविद्यालयले कारोनाका कारण आनलाइन कक्षा संचालन गरेका थियो ।