साइकलयात्रीको दुर्घटनामा  मृत्यु

३ बर्ष अघि

२0७७ पुष ११ शनिबार

साइकलयात्रीको दुर्घटनामा  मृत्यु

झापा पुष ११ । शनिबार साइकलयात्रीको दुर्घटनामा  मृत्यु छ ।  झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा टाटा सुमोले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका छन् । उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  सुमे चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।