विश्वभर ८ करोड जनामा कारोना भाइरसको संक्रमण

३ बर्ष अघि

२0७७ पुष ११ शनिबार

विश्वभर ८ करोड जनामा कारोना भाइरसको संक्रमण

काठमाडौँ पुष ११ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार  संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २ सय १८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । बितेको २४ घण्टामा ८ हजार ३ सय ७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९ सय ४७ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २ सय ३० पुगेको हो । हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८ ष् ि५६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ७ सय ९९ जना गम्भीर बिरामी छन्।