प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठनमा पाँच मन्त्री नियुक्त

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठनमा पाँच मन्त्री नियुक्त

काठमाडौँ पुष १० । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।  विघटनपछि प्रचण्ड नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले ५ जना मन्त्री नियुक्ति गरेका हुन् । जसअनुसार श्रममन्त्रीमा प्रभु साह रहेका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई नियुक्ति गरिएको छ । यसैगरी टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण साँझ ७ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्। मन्त्री बनेका प्रभु शाह प्रचण्ड नेपाल पक्षमा लागेका भएपनि माधवकुमार नेपाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट व्यक्त गर्दै ओली पक्षमा गएका हुन् । संसद विघटनपछि प्रचण्ड र नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामुहिक राजीनामा दिएका थिए ।