नेपालमा थप ६ सय ८ जना कोरोनामा संक्रमित पुष्टि

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

नेपालमा थप ६ सय ८ जना कोरोनामा संक्रमित पुष्टि

काठमाडौँ पुष १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २ सय ९२ पुगेको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १हजार ८ सय १६ पुगेको छ ।