कारको ठक्करबाट डोटीमा एक बालकको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

कारको ठक्करबाट डोटीमा एक बालकको मृत्यु

डोटी पुष १० । शुक्रबार डोटीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका बलायरको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।  कार र चालकलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ।