अमेरिकामा  २ हजार ८ सय ३५ जना कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

अमेरिकामा  २ हजार ८ सय ३५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ पुष १० । शुक्रबार अमेरिकामा एकैदिन २ हजार ८ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३७ हजार ६६ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९१ लाख ११ हजार ३ सय २६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १२ लाख १९ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७५ लाख ५५ हजार १ सय ३७ जनामध्ये २८ हजार ७ सय ७५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।