गाडी दुर्घटनामा चालकको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

गाडी दुर्घटनामा चालकको मृत्यु

भोजपुर पुष १० । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान साढे बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गाडी स्टार्ट नभएपछि आफैँ मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर तामाङलाई किचेको प्रहरीको भनाइ छ । समाचार खबरहब बाट