महाकाली नगरपालिकामा विधुवा, एकल महिला सहित जेष्ठ नागरिकलाई सम्मान 

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

महाकाली नगरपालिकामा विधुवा, एकल महिला सहित जेष्ठ नागरिकलाई सम्मान 

पृथ्वीराज सुनाम पुष ९ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नगरपालिका तथा वडा नम्बर ४ को वार्षिक कार्यक्रम अन्तरगत दुई लाख बजेटबाट विभिन्न सामाग्रीहरु खरिद गरेर वडा नम्बर ४ भित्रका ११ जना जेष्ठ नागरिक एबं बृद्धबृद्धा, १९ जना एकल र बिधवा महिला र ३५ जना दलित जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकसहित सामाजिक सुरक्षा प्राप्त गर्दै आएका ६५ जना नागरिकहरुलाई स्विटर, चवनप्रास, साबुन, मास्क लगायत सामाग्रीहरु प्रदान गरेर सम्मान गरिएको महाकाली नगरपालिकाले जनाएको छ । गतवर्ष महाकाली नगरपालिकाको वडा नम्बर ५ मा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।