कोरोना संक्रमणको कारण पोखरामा दुई जनाको मृत्यु

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

कोरोना संक्रमणको  कारण पोखरामा दुई जनाको मृत्यु

पुस, ९ काठमाडौं । कोरोना संक्रमणको कारण पोखरामा दुई जनाको मृत्यु भएको छ । कास्कीको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । डा. शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।