सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले बढ्यो  

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले बढ्यो  

काठमाडौँ पुष ९ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहिबार सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेर प्रतितोलाको ९४ हजार १ सय रुपैँया कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला चाँदी एक हजार २ सय ६५ मा कारोवार भएको चाँदी आज एक हजार २ सय ८० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।