ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

 ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते

धनगढी पुष ९ ।  कैलालीमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ बसपार्क स्थित सु प प्र ०१००८ प ५९८७ को मोटरसाइकललाई से१ च ६४३५ को मोटरसाइकलले ठक्कर दिदा १ जना घाइते भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा मोटरसाइकल चालक २१ वर्षीय भोजराज बुढा रहेका छन्।यस्तै ट्रयाक्टर चालक कैलारी गाउँपालिका–५ बस्ने सज्जन थारु र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।