राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले  टी–टेन लिग खेल्ने

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले  टी–टेन लिग खेल्ने

 काठमाण्डौ पुस ९ । राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् ।यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् । सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन् । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् ।करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन् ।  आउँदो संस्करणको टी टेन लिग आबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुँदैछ ।