सुनको मूल्य घट्यो , प्रतितोलाको कति पुग्यो ?

३ बर्ष अघि

२0७७ पुष ८ बुधबार

सुनको मूल्य घट्यो , प्रतितोलाको कति पुग्यो ?

काठमाडौँ पुष ८ । बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले घटेर तोलाको ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोलाको  ९४ हजार ९०० रूपैयाँ थियो । यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ५० रूपैयाँ घटेको छ । चाँदी आज एक हजार २ सय ६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।