लिग कपको सेमिफाइनल माम्यानचेस्टर सिटी

३ बर्ष अघि

२0७७ पुष ८ बुधबार

लिग कपको सेमिफाइनल माम्यानचेस्टर सिटी

काठमाडौँ ८ पुष । लिग कपको सेमिफाइनल माम्यानचेस्टर सिटी इएफएल फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनललाई स्तब्ध पार्दै म्यानचेस्टर सेमिफाइनलमा पुगेको हो । सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरेका थिए । आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् । यस्तै मंगलबार राति नै भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि १–० को जित निकालेर ब्रेन्टफोर्ड पनि अन्तिम चारमा पुगेको छ । ६६ औँ मिनेटमा जोश डासिल्भाले गरेको गोलले ब्रेन्टफोर्डलाई क्लबको इतिहासमा पहिलो पटक प्रमुख प्रतिस्पर्धाको सेमिफाइनलमा लगेको छ ।