विश्वमा १३ हजार १ सय ६९ जना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष ८ बुधबार

विश्वमा १३ हजार १ सय ६९ जना संक्रमितको मृत्यु

काठमाडौँ पुष ८ । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २ सय ७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८ सय १ संक्रमित थपिएका छन् । एकैदिन १३ हजार १ सय ६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८ सय ३७ पुगेको छ । संक्रमित २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३ सय ७० जनाले कोरोनालाई जितेका छन् । संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ । अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ४ सय ५४ जना संक्रमित भएका छन् । ३ लाख ३० हजार ८ सय १३ जनाको मृत्यु भएको छ। त्यस्तै नेपाल संक्रमित मुलुकको सूचीमा ४० औ स्थानमा छ । विगत केहीदिन देखि नेपालमा संक्रमितको संख्या घट्न थालेको छ ।