दार्चुलामा पहिलो पटक धार्मिक वन संरक्षण समिति गठन

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

दार्चुलामा पहिलो पटक धार्मिक वन संरक्षण समिति गठन

दृष्टिकोण समाचार पाैष ७ दार्चुुुुला । दार्चुला जिल्लामा पहिलो पटक धार्मिक वन संरक्षण  उपभोक्ता समिति गठन गरिएको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर ४ हुनैनाथ औतालेकमा अवस्थीत हुनैनाथ रानिपातललाई धार्मिक वनका रुपमा विकास गर्न धार्मिक वन संरक्षण उपभोक्ता समिति गठन गरिएको छ । हुनैनाथ पर्यटन विकास समाजको पहल तथा मालिकार्जुन गाउँपालिका वडानम्बर ४ को आयोजनामा धार्मिक वन संरक्षण उपभोक्ता समिति गठन गरिएको हो । मालिकार्जुन गाउँपालिका वडानम्बर ४ का वडाअध्यक्ष चक्रसिह धामीको अध्यक्षतामा बसेको भेलाले शेरसिह धामी अध्यक्ष रहने गरि १५ सदस्यीय धार्मिक वन संरक्षण उपभोक्ता समिति गठन गरिएको हुनैनाथ पर्यटन विकास समाजका कार्यकारी निर्देशक कृष्णसिह धामीले जानकारी दिनुभएको छ । धार्मिक वन संरक्षण उपभोक्ता समितिको उपाध्यक्षमा नारा धामी,कोषाध्यक्षमा कल्यानसिह धामी र सचिवमा मदनसिह धामी चयन गरिएका छन् ।  त्यस्तै समितिका सदस्यहरुमा  कृष्णसिह धामी, भुवनसिह धामी,काली धामी, वजिरसिह धामी,पदमसिह धामी, नन्दनसिह धामी, कृष्णसिह धामी,गिता धामी, कलावती धामी, गणेशसिह धामी र वागमती धामी चयन भएका छन् ।  हुनैनाथ पर्यटन विकास समाजले मन्दिर क्षेत्रमा रहेको रानीपातल वनलाई धार्मीक वनको रुपमा विकास गरि आन्तरिक र वाह्य पर्यटकहरु भित्र्याउने उद्येश्यले धार्मिक वन संरक्षण उपभोक्ता समिति गठन गरिएको संस्थाका कोषाध्यक्ष विरसिह धामीले बताउनु भएको छ । परापुर्वकालदेखि नै हुनैनाथ मन्दिर क्षेत्र रहेको रानीपातलको क्षेत्र समेटेर धार्मिक वनको विकास गर्ने उद्येश्यले संस्थाले उपभोक्ता समिति गठन गरेको कोषाध्यक्ष धामीले बताउनु भएको छ । उपभोक्ता समिति गठन संगै दर्ता प्रक्रिया लगायत क्षेत्रफल छुट्याउन डिभिजन वन कार्यालयलाई यसअघि नै अनुरोध गरिएको उहाँले बताउनु भयो ।  डिभिजन वन कार्यालय दार्चुलाका अनुुसार जिल्लामा जिल्लामा थुप्रै सामुदायिक वन उपभोक्ता समिति गठन गरि दर्ता गरिएको  भएता पनि धार्मिक वन संरक्षण उपभोक्ता समिति दर्ता नभएको डिभिजन वन कार्यालय दार्चुलाका डिभिजनल वन अधिकृत गोकुल रिजालले बताएका छन् ।