संसद विघटन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

संसद विघटन  गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ पुष ७ । संसद विघटनको निर्णयविरुद्ध नेकपाकै सा‌सदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट लिएर नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार सर्वोच्च पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । समाचार खबरहब बाट