नेपालमा थप ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

नेपालमा थप ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं ७ पुष । नेपालमा थप ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख ४५ हजार ७ सय ९ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १७ सय ९८ पुगेको छ ।