विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

काठमाडौँ पुष ७ । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८ सय ३७ पुगेको छ । यस्तै मंगलबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९ सय २२ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९ सय ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३४ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख नाघेको छ । हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २ सय ७९ जना गम्भीर बिरामी छन्।