वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित

काठमाडौं  ७ पुष । इंग्लिस प्रिमियर लिग फुटबल वेस्ट ह्यामविरूद्ध चेल्सीले शानदार जित हात पारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले एक गोल गरे ।सिल्भाले १०औँ मिनेटमा नै गोल गरी चेल्सीलाई अग्रता दिलाएको खेलमा अब्राहमले ७८औँ र ८०औँ मिनेटमा गोल गर्दै जित दिलाए । जितपछि १४ खेलमा २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।